कोरोनालाई जित्ने चार नेपाली
काठमाडौं ८ बैशाख । बिश्वमा कोरोना महामारीले लाखौंको ज्यान गएको छ । संक्रमणदर पनि घटेको छैन् । नेपालमा अहिलेसम्म ३१ जनामा संक्रमण देखिएको छ । ३१ जनामध्ये ४ जना त निको भएर घर फर्किसकेका छन् । ४ जना कोरोनालाई जितेर फर्किए भन्दा धेरैलाई खुसी छाएको छ । अर्को सुखद पक्ष भनेको नेपालमा हालसम्म कोरोनाका कारण कसैको ज्यान गएको छैन । सरकारले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चैत ११ गते यता लकडाउन जारी राखेको सोमबार २८ औं दिन पुगेको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी र प्रयोगशाला परीक्षण पीसीआरलाई पनि तीव्रता दिइँदै आएको छ । नेपालमा कोरोनालाई जितेर शनिबार र आइतबार गरी दुई दिनमा तीन जना घर फर्किएका हुन् । चीनको वुहानबाट आएका एक संक्रमित भने पहिले नै स्वस्थ्य लाभसहित घर फर्किसकेका थिए । गत शुक्रबार उदयपुर १२ र चितवनमा दुई जना एकैसाथ देखिएपछि त्रास भएका नेपाली २४ घण्टामा तीन बिरामी पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएपछि कोरोना परास्त गर्न सकिने आत्मबलमा जुटेका छन् । अझ् शनिबार बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएर घर फर्किएपछि त झनै खुसी छाएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत काठमाडौँकी प्रसिद्धि श्रेष्ठ पनि घर फर्किएकी हुन् । उनी फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी थिइन् । चैत १० गते कोभिड–१९ को सङ्क्रमण देखिएपछि ११ गते अस्पतालमा भर्ना भएकी थिइन । आइतबार धनगढीको सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका लम्की चुहाका २१ वर्षीय युवक पनि स्वस्थ्य भएर घर फर्किएका हुन । उनी गत चैत २२ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका थिए । यी ४ जना आत्मबल गरेरै कोरोनालाई जितेर घर फर्किएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनालाई जित्ने चार नेपाली
ताजा खबर
- १सडकमा हिड्दा हिड्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ
- २बढ्यो पेट्रोल र डिजेलको मूल्य
- ३मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द
- ४एमालेलाई मिनबहादुरको १० रोपनी जग्गा दान, शिलान्यास गर्ने ओलीमाथि उठ्यो प्रश्न !
- ५सहकारीको एउटै प्रकरणमा सरकारको विभेद, कोही जेल कोही खुलेआम चुनौति दिदैं राजनीतिमा !
तपाईको कमेन्ट लेख्नुहोस्