बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार नाघ्यो
काठमाडौं ८ बैशाख । बिश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार २४ लाख ७ हजार भन्दा बढी संक्रमित भएका छन् । मृत्यु हुने र संक्रमित हुनेक्रम तीव्ररुपमा फैलिरहेको छ । खासगरी अमेरिका र युरोपियन मुलुकमा महामारी नियन्त्रण नहुँदा समस्या बढेको हो । उपचारपछि निको भइ घर फर्कनेहरुको संख्या पनि बढेको छ । अहिलेसम्म ६ लाख २५ हजार भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा १५ सय ३४ जनाको मृत्यु भएको छ भने बेलायतमा ५ सय ९६ जनाको ज्यान गएको छ । यस्तै, इटालीमा ४ सय ३३ र स्पेनमा ४ सय १० जनाको मृत्यु भएको छ । सोही अवधिमा फ्रान्समा ३ सय ९५ र बेल्जियममा २ सय ३० जनाले ज्यान गुमाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्