Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

नेपालमा पछिल्लो ४८ घण्टामा कसैलाई पनि देखिएन कोरोना संक्रमण, १९ हजार ४ सय ३२ मा परिक्षण


काठमाडौं ४ बैशाख । स्वास्थ्य मन्त्रालयले वीरजंगको छपकैयामा चार सय जनाको र्यापीड टेष्ट गरिएको र नतिजा नेगेटिभ आएको जनाएको छ । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार स्म्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले यसअघि कोरोना संक्रमित भेटिएका उक्त स्थानमा संभावित कोरोना संक्रमितको र्यापीड टेष्ट गरिएको बताए । विगत ४८ घन्टा यता नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटाले नेपालमा कोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिए । मंगलबार मात्र २ जनामा कोरोना भाइरस पोजेटिभ देखिए पनि बुधबार र बिहीबार कोरोना संक्रमित बिरामी भेटिएका छैनन् । यसका साथै नेपालमा थप ६९ जिल्लामा कोरोना भाइरसको र्यापिड टेस्ट सुरु भएको समेत मन्त्रालयले जनाएको छ । हालसम्म १९ हजार ४ सय ३२ जनामा कोरोना परिक्षण गरिएकोे छ भने क्वारेन्टाइनमा ४ हजार ९ सय १ जना, आइशोलेसनमा १ सय ३ जना रहेका छन् । नियमित पत्रकार सम्मेलनमा औषधी अभाव हुन नदिन नीजि क्षेत्रसंगको सम्वन्यमा औषधीको ढुवानीलाइ सूचारु गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै आएकी बाग्लुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ । धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलका अनुसार आज महिलाको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको हो । अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये पुनः परीक्षण गरिएकाहरूको नेगेटिभ आएको यो पहिलो घटना हो । यसअघि गरिएको दोस्रो परीक्षणमा यी महिलाको नतिजा पोजेटिभ आएको थियो । डा. पोखरेलका अनुसार आजै महिलाको अर्को परीक्षणको लागि स्वाब पठाएको छ । ‘संक्रमितको नतिजा नेगेटिभ आएको २४ घण्टा भित्र अर्को नतिजा नेगेटिभ आएमात्र विरामीलाई डिस्चार्ज गर्न मिल्ने डा. पोखरेल बताए । अर्को नतिजा पनि नेगेटिभ आए महिलालाई डिस्चार्ज गर्ने अस्पतालले तयारी गरेको छ । महिलासँगै अस्पतालमा रहेकी १९ वर्षीय अर्की युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ । उनीहरू दुबैजना बेल्जियमबाट सँगै आएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #कोरोना भाइरस

तपाईको कमेन्ट लेख्नुहोस्