Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

लकडाउन थप कडा बनाइदैं, दुई घण्टामै समातिए २ हजार बढी


काठमाडौं ३ बैशाख । सरकारले चौथो चरणमा थपिएको लकडाउन अझै् कडा गर्ने भएको छ । बिभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउन थप कडा बनाउने भएको हो । तेस्रो पटक थपिएको ८ दिनको म्याद आज सकिदै छ । तर, सरकारले मंगलबार १२ दिन थप गरेर बैशाख १५ गतेसम्म पुर्याएको छ । लकडाउन लम्ब्याएपनि लकडाउन उलंघन गर्नेको संख्या बढेपछि थप कडाई गर्न लागिएको हो । काठमाडौंमा बुधबार मात्रै दुई घण्टामै दुई हजारबढी उलंघनकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कामबिना सडकमा निस्कने र लकडाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई प्रहरीले तीव्रता दिएको छ । राजधानी प्रवेश गर्ने सबै संभावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा बनाइएको छ । कारवाही स्वरूप ३ घण्टा बाटोमै होल्ड गरिएको छ । खासगरी बिहान बेलुका तरकारी किन्न तथा फ्रेश हुन भन्दै मानिसहरु सडकमा आउने प्रवृत्ति बढेपछि प्रहरीले यस्तो अभियान थालेको हो । उपत्यकाका मुख्य मुख्य चोक कोटेश्वर, जडिबुटी, जगाती, बल्खु, बानेश्वर, कालिमाटी, कलंकी, गौशाला, चाबहिल लगायतबाट लकडाउन उलंघन गर्ने समातिएका हुन्। अन्य दिनमा दिनभरमा हजारदेखि १५ सय समातिने गरेका थिए । उपत्यकामा अहिले तिनवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन्।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्