आखिर किन भयो प्रचण्डमाथी जुत्ता प्रहार
काठमाडौं १८ फागुन । नेकपा अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथी जुत्ता प्रहार भयो । राष्ट्रियसभा गृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा पुगेका प्रचण्डमाथी जुत्ता प्रहार भएको हो । अध्यक्ष प्रचण्डले सभामा संम्बोधन गरेर बस्नका लागि सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको थियो । तर, जुत्ता मञ्चसम्म पुगेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवाको पनि पहिचान भएको छ । जुम्ला घर भएका २२ वर्षीय रनत तिरुवाले प्रचण्डलाई जुत्ता हानेको प्रहरीले बताएको छ । एसएसपी सुवेदीका अनुसार उनी हाल काठमाडौंको डल्लुमा बस्दै आएको र लोकसेवा आयोगको परीक्षाका लागि तयारी गरिरहेका थिए । जुत्ताले उनलाई नलागेपनि यतिबेला भिडियो र फोटो भाइरल बनेको छ । जुत्ता प्रहार गर्ने युवक पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ। रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए। उनले नेपालगञ्जमा अमिन पढेका थिए। ‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएपनि वर्गसंघर्षको कुरा प्रचण्डले गरेपनि अहिलेको प्रचण्डको अवस्था नमिलेको भन्दै जुत्ता प्रहार गरेको बयान दिएका छन् । पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध थिए। केही बर्षअघि पनि प्रचण्डलाई भृकुटी मण्डपको एक सार्वजनिक कार्यक्रममा बागलुङका कार्यकर्ता पदम कुवँरले झापड हानेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #आखिर किन भयो प्रचण्डमाथी जुत्ता प्रहार
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्