Techie IT
  • १५ मंसीर २०८१, शनिबार
KhojPatrika

के–के भयो नेकपा स्थायी समिति बैठकमा


काठमाडौं ६ पुस । मंसिर २९ गतेदेखि सुरु नेकपाको स्थायी कमिटि बैठक आइतबार सकियो । बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको उपस्थितीबिना नै सम्पन्न बैठकले केन्द्रिय समिति बैठक पनि आह्वान गरेको छ । बहुचर्चित एमसीसी विवादमा भने नेकपा अझै अन्योल देखिन्छ । लिम्पियाधुरासहित लिपुलेक र कालापानी नेपालको भूभाग रहेको भन्दै भारतले एकपक्षीय रुपमा निर्णय गरेर सार्वजनिक गरेको नक्सालाई अस्वीकार घोषणा गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) इण्डो प्यासिफिक रणनीतिको अंग होइन भनी अमेरिकाले पुष्टि गर्नुपर्ने निर्णय गरेको छ । आइतबार सकिएको नेकपा स्थायी कमिटीको बैठकले यसबारे अमेरिकासँग सम्वाद गर्न सरकारलाई आग्रह गरेको छ । बैठकपछि नेता भीम रावलले अमेरिकी सरकारले इण्डो प्यासिफिकको अंग होइन भन्ने प्रष्ट गर्नुपर्ने निर्णय भएको जानकारी दिए । यससम्बन्धमा प्रधानमन्त्री र सचिवालयका सदस्यहरु बसेर स्पष्ट भएपछि मात्र संसदबाट अनुमोदन हुनसक्ने नेकपाको ठहर छ । बिहीबारदेखि बसेको बैठकमा नेताहरुले एमसीसी इण्डो प्यासिफिक रणनीति अंग भएको आशंका गरेका थिए । यदि होइन भने पनि संसदमा पेश भएको सम्झौता परिमार्जन गरेर मात्र अनुमोदन गर्न सकिने नेताहरुको मत थियो । नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच एकमत हुन नसक्दा एमसीसीबारे नेकपा अनिर्णयको बन्दी भएको आशंका गरिएको छ । प्रधानमन्त्रीसमेत हरनुभएका ओली एमसीसी संसदबाट पारित गराउन चाहनुहुन्छ भने अध्यक्ष दाहाल एक कदम पछि हटेका छन् । बैठकले केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने निर्णय पनि गरेको छ । स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहिहत पारित गरेको छ । महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव भने केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी बैठकले महाकालीको मूल लिम्पियाधुरा रहेको भन्दै लिम्पियाधुरासहित लिपुलेक र कालापानी नेपालको भूभाग रहेको भन्दै भारतले एकपक्षीय रुपमा निर्णय गरेर सार्वजनिक गरेको नक्सालाई अस्वीकार र अमान्य घोषणा गरेको छ । नेपाली भूभागबाट भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविरहरु हटाउनका सरकारले गरेको पहल र तयारीलाई स्वागत गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकले पारित गरेको चार वटा प्रस्तावममध्ये पहिलो बुँदामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै छिटो काममा फर्किउन् भन्ने रहेको छ । अस्वस्थताकै कारण एक वर्षपछि बसेको स्थायी कमिटि बैठकमा ओली उपस्थित भएनन् । पछिल्लो समयमा सडक दूर्घटनामा धेरैको ज्यान गएको भन्दै बैठकले सडक सुरक्षामा संवेदनशील हुन तथा मृतकका परिवारलाई उचित राहत दिन पनि सरकारसँग माग गरेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा स्थायी समिति बैठक

तपाईको कमेन्ट लेख्नुहोस्