फुल मालाको ब्यापार, आयातमै निर्भर
काठमाडौं ५ कार्तिक । नेपाल फूलमा आत्मनिर्भर बन्न अझै सकेको छैन । वर्षेनी करोडौँ रुपैयाँ बराबरमा फूल तथा माला आयात भइरहेको छ । यस वर्षको तिहारका लागि विगत वर्षकोभन्दा बढि फूल तथा माला आवश्यक पर्छ । सोही अनुसार आयात पनि बढ्ने भएको छ । उत्पादन कम र खपत बढि भएसँगै हरेक वर्ष भारतबाट फूल आयत हुने गरेको छ । गत वर्ष तिहारमा २२ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नुपर्ने रहेको छ । गत वर्ष ५० देखि ६० रुपैयाँभन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नरहेको फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले यस वर्षको तिहारका लागि साडे दुई लाख माला भारतबाट आयात गरिने फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । भारतबाट सयपत्री आयत गर्दा प्रतिमाला ४० रुपैयाँका दरले ल्याइने छ । साढे २ लाख माला आयत गर्दा १ करोड रुपैयाँ पर्न जान्छ भने ती मालाको मुल्य नेपाली बजारमा ७० रुपैयासम्म पर्छ । नेपालभर १ सय ५७ हेक्टर क्षेत्रफलमा ४३ जिल्लामा अहिले पुष्प खेती सञ्चालन भइरहेका छन् । फूलको आयात भने बर्षेनी बढिरहेको छ । १५ लाख स्वदेशका विभिन्न ठाउँबाट ल्याउने भएको छ भने साढे २ लाख भारत तथा अन्य मुलुकबाट आयत गर्ने श्रेष्ठले बताए । पुष्पगुच्छा बनाइने र विशेषगरी सजावटमा प्रयोग गरिने खालका फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझैं भारतबाट आयत गर्नुपर्ने अवस्था रहेको पुष्प व्यवसायीहरु बताउँछन् । नेपालले हरेक सामानमा परनिर्भता रहनु पर्ने अवस्था रहेको छ । गाँस बास र कपास मात्र होइन आवश्यकता परिपूर्ति गर्ने हरेक वस्तु आयतित रहेका छन् । त्यस्तै अर्को आयत वस्तु हो ‘फूल’ । नेपालमा पुष्प व्यवसाय शुरु भएको साढे ६ दशक बितिसक्दा पनि यसप्रति किसानको आकर्षण बढ्न सकेको छैन । जसका कारण वर्षेनी फूलको आयात गर्नुपर्ने बाध्यता रहेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #माला फुल
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग



तपाईको कमेन्ट लेख्नुहोस्