Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

किन सधैं ट्याक्सीमा झमेला ?


नेपालको ट्याक्सी व्यवसाय अस्तव्यस्त छ । सेवामूलक यो व्यवसाय नाफाखोरीमात्र भएको छ । यात्रु ठगिनेदेखि सहज सुविधा नपाउनेसम्मका समस्या छन् । सरकारले सुविधायुक्त र आधुनिक ट्याक्सी भित्र्याउने योजना ल्याएको छ । तर, योजना प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । ट्याक्सी चालकले ठग्नेदेखि ट्याक्सीहरु निकै साँघुरा र अप्ठेरो भएको विषयमा यात्रुको असन्तुष्टि छ । यात्रुको गुनासो सम्बोधन गर्नका लागि विभिन्न नीति नियमहरु बनाइएको हुन्छ । तर पनि समस्या समाधान हुन सकेको छैन । पछिल्लो समय सरकारले ट्याक्सी व्यवसायलाई व्यवस्थित बनाउन नयाँ मापदण्ड कायम गर्ने योजना ल्याएको छ । तर उक्त योजना मन्त्रीपरिषदबाट पारित हुनसकेको छैन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परम्परागत ट्याक्सीलाई क्रमैसँग विस्थापन गर्ने योजनाका साथ ट्याक्सीमा न्यूनतम् १२ सय सीसीका ट्याक्सी मात्रै चलाउन दिनेगरी मापदण्ड प्रस्ताव गरेको लामो समय वितिसकेको छ । मन्त्रीपरिषदमा पुगेको लामो समय बितिसुक्दा समेत अझै परित हुन सकेको छैन् । तर मन्त्रालयले भने पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै ल्याउने भनिएको यस योजनाको गृहकार्य भइरहेको दावी गरेको छ । अहिले काठमाडौं उपत्यका लगायत देशभर थोत्रा ट्याक्सीको बाहुल्य छ । जसमा पैसा तिरेर पनि यात्रा गर्न सहज र सुरक्षित छैन । तर सरकार भने एक बर्ष पहिले र अहिले सम्म पनि गृह कार्यमात्र गर्ने गर्दछन् । सरकारको कमजोरीले यात्रुलाई सास्ती छ । न ट्याक्सी सुविधाजनक छ, न चालकले राम्रो व्यवहार गर्छन् । यता ट्याक्सि चालकको पनि आफ्नै गुनासो छ । भएका ट्याक्सीलाई व्यवस्थित नगरी सुविधाका नाममा नयाँ ट्याक्सी ल्याउने सरकारको योजना उनीहरुलाई मन परेको छैन । सरकारले गरेको प्रस्ताव पारित भएर कार्यान्वयन भए ट्याक्सी व्यवसायमा भइरहेको सिण्डिकेटको अन्त्य हुने दावी गरिएको छ । नीतिगत सुधार मात्र नभै यात्रुले भोग्दै आएको समस्या समाधानका लागि पनि सरकार र ट्याक्सी व्यवसायी गम्भीर हुनु जरुरी छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #taxi

तपाईको कमेन्ट लेख्नुहोस्