Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

के हो त नेपाली कांग्रेसमा देखिएको बिबाद ?


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक पटक–पटक सर्दैै आइरहेको छ । कारण हो, पार्टीभित्र मौलाउदै गएको गुट–उपगुटको राजनिति । गत असार २२ गतेबाट सुरु भएको पार्टीको केन्द्रिय समिति बैठकमा पछिल्लो समय पार्टी संरचना कसरी गर्ने भन्नेमै अझै अलमलमा छन । कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरुबीच पार्टी संरचना सहमतीबाट गर्ने वा विधान बमोजिम निर्वाचनबाट गर्ने भन्ने नै मुख्य विवादका रुपमा देखापर्दैै आइरहेको छ । तर, पार्टी महामन्त्री पुर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल, रमेश लेखक लगायतको टोलीले पार्टी विधान विपरीत गुटगत समझदारीका आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ । जुन विषयले कांग्रेसभित्र फेरि अर्को बहसको सुरुवात गरेको छ । तर, कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने भन्ने व्यवस्था छ । व्यवस्था विपरित अन्तरिम संरचना बनाउने कुरालाई कतिपय नेताहरुले मानेका छैनन् । अन्तरिम संरचना निर्माण सहमतीका आधारमा गर्ने की निर्वाचनबाट गर्ने भन्ने विवादकै कारण लम्बिएको केन्द्रिय समिति बैठकले टुङ्गो लगाउन भने सकेको छैन । यही विषयले कांग्रेसभित्रको विवाद थप चुलिने देखिएको छ । विधानविपरीत तयार भएको उक्त कार्ययोजना बुधबारको पार्टीको केन्द्रिय समिति बैठकमा पेश गर्ने कार्यतालिका रहेपनि विभिन्न कारण देखाउदै आगामी साउन २६ गते सम्मको लागि बैठकनै स्थगित गरेको छ । अर्को तिर कांग्रेसले पुरानै संरचनालाई नयाँमा रूपान्तरण गर्ने गरी कार्ययोजना ल्याएको भन्ने कुरामा सत्यता नभएको भन्दै छलफलकै क्रममा रहेकाले बाहिर बहसको विषय बनाउनु उचित नहुने प्रवक्ता विश्वप्रकाश शर्माको जिकिर छ । टोलीले तयार पारेको कार्ययोजनामा नेतृत्वको विवाद नरहेका स्थानमा पुरानै संरचनाले मान्यता पाउने छ । विवादित स्थानमा कार्ययोजनामा तोकिएको मापदण्डका आधारमा नेतृत्व चयन गर्ने गरि कार्ययोजना तयार पारेका छन् । कांग्रेसमा केन्द्रीय समितिदेखि तल सात तहका संरचना छन । जसमध्ये, बुथ, प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश कार्यसमिति नयाँ संरचना हुन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #congress bibad

तपाईको कमेन्ट लेख्नुहोस्