कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित, अर्को बैठक साउन २६ गते
काठमाडौं २२ साउन । बुधबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । असार २२ गतेदेखि जारी बैठकमा विभिन्न १४ बुँदामा छलफल शुरु भए पनि आजका लागि बोलाइएको बैठक विभिन्न कारण देखाउँदै साउन २६ गतेसम्मका लागि सारिएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक साउन २६ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ । कांग्रेसमा पार्टीको अन्तरिम संरचना बनाउने कुरामा सहमति हुन सकेको छैन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #congress baithake
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्