किन बोलायो कांग्रेसले असार २२ गते केन्द्रीय समिति बैठक
काठमाडौं ६ असार । नेपाली कांग्रेसले असार २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षा लगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । असार २२ गते ११ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचनामार्फत जानकारी दिएका छन् । बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #congress
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्