किन बोलायो कांग्रेसले असार २२ गते केन्द्रीय समिति बैठक

काठमाडौं ६ असार । नेपाली कांग्रेसले असार २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षा लगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । असार २२ गते ११ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचनामार्फत जानकारी दिएका छन् । बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #congress
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्