बिप्लवका नेता पौडेल मारिए
सर्लाही ५ असार । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेडको प्रहरीको गोली लागि मृत्यु भएको छ । सर्लाहीको लालबन्दीमा प्रहरी र नेकपाका कार्यकर्ताबीच भिडन्त भएपछि पौडेल उनी मारिएका हुन् । मोटरसाइकलमा आइरहेका चार जनाले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाहीमा गोली हानेको प्रहरीले दाबी गरेको छ । ती चारजना मध्ये प्रहरीको गोली प्रहारबाट एक जना मारिएका थिए भने तीन जना भागेका छन् । दुईवटा मोटरसाइकलमा आएका उनीहरु प्रहरीसँग भिड्न नसकेपछि जंगलतिर भागेका थिए। उनीहरुका दुईवटा मोटरसाइकल अहिले प्रहरी नियन्त्रणमा छन्। तीमध्ये एउटा अनटेस्ट लेखेको एफ जेड मोटरसाइकल छ भने अर्को ना २२ प ६४ नम्बरको १५० सिसीको पल्सर रहेको प्रहरीले जानकारी दिएको छ। पौडेलको झोलाबाट थ्री नट थ्री पेस्तोल र कटुवा बन्दुक बरामद गरेको प्रहरीले दाबी गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #vidanta
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्