किन जाँदैछन् प्रधानमन्त्री ओली युरोप भ्रमणमा

काठमाडौं २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली एकसाता लामो युरोप भ्रमणमा शनिबार जाँदै छन् । प्रधानमन्त्री ओलीको भ्रमण दुई पक्षीय हितमा हुने बताइएको छ । प्रधानमन्त्रीको भ्रमणले बेलायत, स्विजरल्यान्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा दिइने छ । प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तराष्टिय श्रम सङ्गठन आईएलओको शतवार्षिकीको अवसरमा चौथो वक्ताकारुपमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यस समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुनेछ । जेनेभामा रहँदा ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । त्यस्तै जेठ २७ साँझदेखि नै प्रधानमन्त्रीले बेलायतको भ्रमणमा निस्किनेछन् । त्यसैगरी उनी जेठ २९ गतेसम्म बेलायतको भ्रमणमा जानेछन् । प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते साँझ आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । बेलायतमा केही उच्चस्तरीय भेटघाट पनि गर्ने कार्यक्रम छ । त्यस्तै, प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नेछन् । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #pm news
ताजा खबर
- १सर्बोच्चले उल्टाइदियो पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला, जन्मकैद कायम
- २सर्बोच्चले लगायो बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक,विकल्प खोज्न आदेश
- ३संसदमा ओलीको प्रश्नै–प्रश्नः सरकारले चुनावमा धाधली गरेकोदेखि पार्टी फुटाएकोसम्म आरोप
- ४७ सय ४९ वटा पालिकाको अन्तिम मत परिणाम आयो, काठमाडौंमा बालेनलाई विजयी घोषणा गर्न बाँकी
- ५५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल प्रहरी फन्दामा
तपाईको कमेन्ट लेख्नुहोस्