गोप्य सहमति बाहिरिएपछि नेकपामा तरंग

काठमाडौं १८ जेठ । २०७५ जेठ २ गते नेकपा एमाले र माओवादी केन्द्रकाबीचमा पाटी एकता हुँदा भएको गोप्य सहमति बाहिरिएपछि खैलाबैला भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने भएको सहमति बाहिरिएको थियो । पाटी एकता हुँदा त्यो सहमति गोप्य राखिएको थियो । पछिल्लो समय पुष्पमकल दाहालले सरकारको नेतृत्व आलोपालोबाट गर्ने सहमति भएको बताएपछि गोप्य दस्ताबेज समेत बाहिरिएको थियो । प्रचण्ड सरकारको नेतृत्व गर्न तयार भएको संकेत दिएपछि नेकपामा तरंग पैदा भएको छ । प्रधानमन्त्री ओलीले भने अनाबश्यक टिप्पणी नगर्न आग्रह गरेका छन् । देश बाहिर रहेका बेला अनावश्यक बेलुन फुकेर नफुलाउन ओलीको आग्रह छ । त्यहि बिषयले चर्चा पाएपछि शनिबार प्रचण्डले पाटी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो गरेका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताए । प्रचण्ड पक्षीय नेता हरिवोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पूरानो सहमति भएको स्पष्ट पारेका छन् । उनले अब प्रचण्ड प्रधानमन्त्री बन्ने बताए । उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए । ‘अब पार्टीभित्र कार्यविभाजनपनि छिट्टै टुँगो लाग्छ आफूलाई अध्यक्षमाथि विश्वास भएको बताए । तत्कालिन नेकपा एमालको नेताले भने चुनावताका आएको परिणामलाई हेर्न र बाडफाड त्यसरी नै हुने बताएका छन् । दुबै पक्षीय नेताहरु आरोप प्रत्यारोपमा उत्रिदा तत्लो तहमा भने एकता टुंगो लागेको छैन् । फेरि नेकपामा सरकारको नेतृत्वका बिषयमा चर्चा चल्न थालेको छ । जसले अव कसरी सहमति कार्यान्यन होला भन्ने चासो देखाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #nekapa
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्