Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

किन गर्देछ नेपाली कांग्रेसले जागरण अभियान


काठमाडौं २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारबाट देशभर एकसाथ जागरण अभियान सुरु गर्न लागेको छ । कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गर्न लागेको हो । सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुने कांग्रेसले जनाएको छ । काग्रेसले अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । काठमाडौँमा सभापति शेरबहादुर देउवाले एक समारोहबिच उद्घाटन गर्ने छन् । अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिले उद्घाटन गर्ने कार्यक्रम छ । तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गतेसम्म चल्नेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते ९बिपी जयन्ती० दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिने छ । प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७ सय ५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ । अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ । तर, आन्तरिक किचलोमा फसेको कांग्रेसको अभियान कसरी चल्छ चासोको बिषयमा हेरिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #congress

तपाईको कमेन्ट लेख्नुहोस्