Techie IT
  • १८ असार २०८२, बुधबार
KhojPatrika

रुकुममा सुरु भयो तीन दिने प्रदेश स्तरीय बृहत सांस्कृतिक सम्मेलन


रुकुमपश्चिम २४ चैत । रुकुम पश्चिममको सदरमुकाम मुसिकोटमा कर्णाली प्रदेश स्तरिय तीन दिने बृहत सांस्कृतिक सम्मेलन सुरु भएको छ । कर्णाली प्रदेशका लोपउन्मुख कला, संस्कृति, भेषभुषा तथा बाजागाजाको संरक्षण एवं प्रर्बद्धन गर्ने भन्दै सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार उद्घाटन गरे । मुख्यमन्त्री शाहीले प्रदेशको समृद्धीका लागी प्रदेश सरकारले क्रियासिल भएको बताए । प्रदेशलाई समृद्ध बनाउका लागी सबै एक भएर लाग्नुपर्नेमा मुख्यमन्त्री शाहीको भनाई थियो । उनले देशको आमूल परिवर्तनका लागि अब साँस्कृतिक, भाषिक र जातिय पहिचानलाई समेत बचाई राख्न साँस्कृतिक क्रान्ति आवश्यक रहेको बताए । मुख्यमन्त्री शाही लगायत पुर्वमन्त्री जनार्दन शर्मा, राष्ट्रिय सभाका सदस्य ठगेन्द्र प्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टी स्यायी समिती सदस्य मनी थापा, कर्णाली प्रदेशका आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वाला, कृषिमन्त्री बिमला के.सी.जनवादी गायक जिवन शर्माको सहभागिता रहेको थियो । मुख्यमन्त्री शाही लगायतका नेताहरु तथा स्थानीय कलाकारहरु सहित सामुहिक नाचेर कार्यक्रम उद्घाटन गरिएको थियो । रुकुम पश्चिमका रहेका मौलिक संस्कृतिको संरक्षण गर्ने, कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन टेवा पुर्याउने, स्थानीय उत्पादित बस्तुलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखिएको छ । पहिलो पटक भएको कर्णाली प्रदेश स्तरको बृहत सांस्कृतिकले कर्णाली प्रदेशको सस्कृतिको प्रचार प्रसार र प्रर्बद्धन गर्ने बिश्वास गरिएको छ । कर्णाली प्रदेशका १० वटै जिल्ला र प्रदेश नं ५ अन्र्तगत रुकुम पुर्व जिल्लाबाट पनि समन्वय समिती प्रमुखको नेतृत्वको टोलीले सांस्कृतिक सम्मेलनमा भाग लिदै छन् ।

जिल्लामा रहेका बिभिन्न ऐतिहासिक क्षेत्रलाई पर्यटकिय नगरीको रुपमा विकास गर्ने र सांस्कृतिक संग्रालय बनाइने रुकुम पश्चिम जिल्ला समन्वय समिती प्रमुख राजकुमार शर्माले जानकारी दिए । सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही लगायत मन्त्रीहरु,सांसद, स्थानीय तह जनप्रतिनिधिहरु तथा स्थानीयहरु मौलिक भेषभुषामा सजिएका थिए । सम्मेलन २६ गतेसम्म संचालन हुने छ ।


क्याटेगोरी : देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #rukum

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं