ओखलढुंगामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते
ओखलढुंगा १७ चैत । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ ६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको हर्कपुर प्रहरी चौकीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइने तयारी गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्