कसले जित्ला चलचित्र कलाकार संघमा
काठमाडौं २५ जेठ । नेपाल चलचित्र कलाकार संघको चुनावमा रविन्द्र खड्का र सरिता लामिछानेबीच प्रतिष्पर्धा हुदैछ । गएको चैत २३ गते हुने भनिएको निर्वाचन स्थगित भएपछि शनिबार निर्वाचन हुन लागेको हो। उपाध्यक्ष पदका लागि मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रेजिना उप्रेती बिच प्रतिस्पर्धा हुदैछन्। महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडाले प्रतिस्पर्धा गर्दा सचिवमा कविता गेलाल, राजकुमार शाह र पनाह अधिकारी तीन जनाको उम्मेद्वारी परेको छ । यस्तै कोषाध्यक्ष पदमा कलाकार सुनिल कटुवाल निर्विरोध चयन भएका छन् भने सह–कोषाध्यक्षका लागि अभिनेत्री पवित्रा आचार्य र डिबी बम्जन भिड्दैछन् । यसका साथै सदस्य पदका लागि १२ जना कलाकारले उम्मेदवारी दर्ता गराएका छन् । शुरुमा अध्यक्ष पदका लागि कलाकार तथा निर्देशक लय संग्रौला, कलाकार रविन्द्र खड्का, अभिनेत्री सरिता लामिछाने तथा नायक विशाल बिष्टले उम्मेदवारीमा नाम टिपाएका थिए । तर, अहिले भने संग्रौला र विष्टले आफनो उम्मेदवारी फिर्ता लिएका छन् । अव खड्का र लामिछानेको प्रतिष्पर्धा हुनेछ ।
क्याटेगोरी : कला र मनोरञ्जन, प्रमुख समाचार
ट्याग : #kalakar
ताजा खबर
- १जेन–जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तरर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौंः गृहमन्त्री अर्याल
- २केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
- ३राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
- ४केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
- ५पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित



तपाईको कमेन्ट लेख्नुहोस्