Techie IT
  • २० असोज २०८३, मंगलबार
KhojPatrika

मानबहादुर नेपालीले दिए सहमहामन्त्री (समावेशी दलित) पदका लागि उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य मानबहादुर नेपालीले सहमहामन्त्री (समावेशी दलित) पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र समावेशी बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको नेपालीले बताए ।

उम्मेदवारीका क्रममा उनले कांग्रेसलाई नयाँ पुस्तामैत्री बनाउँदै युवाको सक्रिय सहभागिताको अर्थपूर्ण प्रतिनिधित्वलाई थप प्राथमिकता दिनुपर्ने धारणा राखे ।

आफ्नो उम्मेदवारीलाई संगठनभित्रको समावेशी अभ्यासलाई थप बलियो बनाउने अवसरका रूपमा प्रस्तुत गर्दै नेपालीले महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र विश्वासका लागि आग्रह गरेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं