Techie IT
  • १७ भदौ २०८३, बुधबार
KhojPatrika

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो


काठमाडौं । रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकिएको छ । रूस–युक्रेन युद्ध, मध्यपूर्वको तनाव, विश्वव्यापी व्यापार असन्तुलन तथा युक्रेनलाई निरन्तर सहयोगलगायत विषयमा मतभेदबीच जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुईदिने बैठक अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सकिएको हो ।

बैठकमा अधिकांश सदस्य राष्ट्रले अध्यक्षको वक्तव्यलाई समर्थन गरेपनि रूसको सहभागिता, होर्मुज जलडमरूमध्यको सुरक्षा, व्यापार असन्तुलन र युक्रेनलाई सहयोगलगायत विषयमा सदस्य राष्ट्रबीच मतभिन्नता देखिएको थियो । बैठकमा रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभको सहभागिताप्रति युक्रेनका साझेदार राष्ट्रहरूले असन्तुष्टि जनाएका थिए ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने रुसी अर्थमन्त्रीको उपस्थितिले बैठकको छलफलमा उल्लेखनीय प्रभाव नपारेको दाबी गरे । बैठकको अध्यक्षीय वक्तव्यमा होर्मुज जलडमरूमध्यबाट स्वतन्त्र, सुरक्षित र पूर्वानुमान गर्न सकिने ढंगले जलयातायात सञ्चालन सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । तर, चीनले वक्तव्यको उक्त अंशमा समर्थन जनाएको छैन ।

चीनको औद्योगिक उत्पादन क्षमतासँग सम्बन्धित अन्तर्राष्ट्रिय आलोचनासँग जोडिएको छ । चीनमा अत्यधिक औद्योगिक उत्पादनका कारण विश्व बजारमा अनुचित प्रतिस्पर्धा बढेको र वस्तुको मूल्यमा दबाब सिर्जना भएको भन्दै विभिन्न देशले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन् । बैठकले युक्रेनमा जारी आक्रमण अन्त्य गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिएको छ ।


क्याटेगोरी : राजनीति, विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं