रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
रुकुमपश्चिम । रुकुम पश्चिममा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन युवतीमध्ये दुई जना मृत भेटिएका छन् भने एक अझै बेपत्ता रहेकी छन् । बाँफिकोट गाउँपालिका वडा नं ३ भाग्ने नजिकै सानोभेरी नदीमा उनीहरूको शव भेटिएको हो ।
सोमबार स्थानीय नीराजन वलीका दुई छोरी १५ वर्षकी उर्मिला वली र १२ वर्षकी कल्पना वली तथा पूर्णबहादुर वलीको १३ वर्षीय छोरी सपना वली विद्यालयबाट फर्केर आफन्तको बिहेमा गएको मङ्गलवार बिहान स्थानीयले घाँस काट्ने क्रममा भेरी नदीमा शव भेटिएको हो ।
‘तीन जनामध्ये उर्मिला र कल्पनाको शव दुई ती सय मिटरको दुरीमा भेटिएको हो । सपनाको केही पत्तो लागेको छैन । उर्मिला र कल्पनाका बुवा नीराजन वली साइला हुन् भने सपनाका बुवा पूर्णबहादुर माइला हुन् । नीराजन कान्छी श्रीमती बिहे गरेर मजदुरीका लागि भारत गएका छन् ।
‘बिहेबाट फर्कनेक्रममा पुल नतरेर खोलाबाट हिँडेको र अलिक अफ्ठेरो ठाउँबाट तीनै जनाले हात बाँधेर तर्दा एकलाई बगाएपछि अर्कोलाई तानेको आशंका गरिएको छ ।
उनीहरू सोमबार बेलुका घरदेखि पारीपट्टिको गाउँमा रहेको आफन्तको बिहे हेर्न गएका थिए । बिहे हेरेर घर फर्किने क्रममा उनीहरू पुल नतरेर गाडी वारपार गर्न बनाइएको नदीको बाटो फर्किएकाले उनीहरूलाई बगाएको आशंका प्रहरीको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्