जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
रुकुमपश्चिम । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता हुँदा असहमति जनाउँदै नगएर प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्मा रुकुमपश्चिमबाटै चुनाव लड्ने भएका छन् ।
विभाजनपछि रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेताहरुबीच आरोप–प्रत्यारोप र जुहारी चलिरहेका बेला जनार्दन शर्मा चुनाव लड्न तयार भएका हुन् ।
बुधबार बसेको प्रगतिशिल लोकतान्त्रिक पार्टी प्रलोपा रुकुम पश्चिमको बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनार्दन शर्माको एकल नाम सिफारिस गरेको हो ।
अहिले निरन्तर जनताको सेवामा समर्पित रहनुभएका शर्मालाई नै एकल सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज गोर्खबहादुर केसी सन्देशले जानकारी दिए । पार्टी विभाजन भएपनि जनमत जनार्दन शर्माकै पक्षमा रहेको प्रलोपा रुकुमपश्चिमले दाबी गरेको छ ।
नेता शर्माले रुकुमपश्चिमबाट २०६४ देखि निरन्तर चुनाव जित्दै आएका छन् । रुकुमपश्चिमबाट चुनाव जितेर शर्मा पटक–पटक मन्त्री भएर समेत काम गरिसकेका छन् ।
जनार्दन शर्मा चुनावमा भाग लिन्छन् या लिदैनन् भन्ने चासो रहेका बेला एकल नाम सिफारिस भएसंगै रुकुमपश्चिमको चुनावी भिडन्त रोचक हुने देखिएको छ ।
नेकपाले गोपाल शर्मा अनलको नाम एकल सिफारिस गरेको छ । नेकपा एमालेले नन्दराम देवकोटाको नाम एकल सिफारिस गरेको छ ।
तर, नेपाली कांग्रेसले भने जिल्ला सभापति प्रेमप्रकाश ओली र पूर्वराज्यमन्त्री गोपालजीजंग शाहको नाम सिफारिस गरेको छ ।
रुकुमपूर्वबाट पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्ने चर्चा भएकै बेला जनार्दन शर्मा पनि पश्चिमबाट मैदानमा उत्रिएपछि चुनावी माहोल थप रोचक हुने देखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #hot, #निर्वाचन आयोग
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्