भीमफेदीको जुरीखेतमा टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं । हेटौँडा काठमाडौँ वैकल्पिक राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदीको जुरीखेतमा भएको टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटनाग्रस्त भएको ना१ज १७७८ नम्बरको टाटा सुमोमा सवार ६ जनाको मृत्यु भएको हो ।
सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको टाटा सुमोबाट उद्धार गरेर हेटौँडा ल्याइएको थियो । दुर्घटनामा ६ पुरुष, १ महिला, १ बालिका र १ बालक यात्रारत थिए ।
तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेकामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको नाम खुलेको छैन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय
- २टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर पहिलोपटक राष्ट्रिय टोलीमा
- ३जनकपुरमा निधिका समर्थकले जलाए महामन्त्री थापाको पुत्ला
- ४रास्वपा उपसभापतिमा सहमति गरेका कुलमानको दाबीः म कुनै पार्टी सदस्य छैन
- ५विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता मनिष झाले गरे निन्दा



तपाईको कमेन्ट लेख्नुहोस्