प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजीहरुले छाड्न दबाब दिएपनि धैर्य गरेर आफूहरूले काम गरिरहेको बताएकी छन्। काठमाडौंमा भएको कार्यक्रममा उनले राजनीतिक दल र जेनजीहरुले तत्काल पद छोड् भन्दै चेतावनी दिने गरेको बताइन ।
उनले भनिन् कतिपय अवस्थामा काम गर्दागर्दै फ्यान्ट हुने अवस्था आएको छ। बाहिरकाले काम गरेको देख्दैन। सबै कुरा एकैचोटी होस् भन्छन् । क्षमता र तागतले भ्याउन गर्ने रहेछ। हामी अचानो जस्तो पो रहेछौँ। राजनीतिक दलले पनि गाली गर्छ। मारले गाली गर्छ। अहिले छोड, भोलि छोड भन्छ । जेनजीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ। छोडौँ भने के छोडौँ ।
छोडेको भोलिपल्ट थुक्क पालो त दिएको थियो नि तिमीहरूलाई एउटा तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ के गर्यौ भन्ने भाष्य आउँछ। हामी त पेण्डुलम जस्तो भयौँ। त्यही पनि सकस, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ।
हुन त हामीलाई निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा। किन चाहियो भन्दा त्यो संसारको नियम र कानुन रहेछ। वैधानिकता कुरा हुने रहेछ। चुनाव नगर्ने हो भने तानाशाही रहेछन्, खान आएको रहेछ भन्छन्।
कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ। हाम्रो बारेमा पनि कथा लेख्नुस्। हाम्रो गृहमन्त्रीको हाल के छ त्यही लेख्नुस्, मेरो के हाल छ त्यही लेख्नुस्। अर्थमन्त्रीको त्यस्तै छ। २५ वटा ३० वटा जेनजी समूह छ। हामी मुलुक बङ्गलादेश नहोस् भन्ने सुरमा हामी छौँ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्