Techie IT
  • २१ मंसीर २०८२, शनिबार
KhojPatrika

एनपीएल–२ः पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । प्लेअफको दौडबाट बाहिरिसकेको पोखराले अन्तिम खेलमा चितवन राइनोजलाई ८ विकेटले पराजित गर्यो ।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए ।

उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । एडमले अर्जुन कुमालसँग पहिलो विकेटका लागि सय रनको साझेदारी गरेका थिए । अर्जुन ४३ रनमा अविजित रहे । कप्तान कुशल भुर्तेल ४ रनमा आउट हुँदा जेशन रोय ६ रनमा अविजित रहे ।

बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो ।

चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए । अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए ।

कमलसिंह ऐरी २ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकएक विकेट लिए ।


क्याटेगोरी : प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं