सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका३ मा बस र विङ्गर एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर सोमबार बिहान ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
घाइतेहरूको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्