Techie IT
  • २२ साउन २०८२, बुधबार
KhojPatrika

टंकनाथ (टोपलदास) जमरकट्टेल स्मृति वंशहित कोष स्थापना


काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा न ४ मा का टंकनाथ (टोपलदास) जमरकट्टेलको सम्झनामा स्मृति वंशहित कोष स्थापना भएको छ ।

२००० साल चैत्र २० गते जन्मिएका टंकनाथ (टोपलदास) जमरकट्टेलको गत बर्ष साउन ३१ गते शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो ।

साढे चार दशक देश तथा विदेशमा बसोबास गर्ने भारद्वाज गोत्रीय जमरकट्टेल बंशको इतिहास, पुर्खाको गौरवगाथा कुलपरम्परा एवम् वंशलताको खोज अनुसन्धान र संकलन गरेका जमरकट्टेलको योगदानको कदर गर्दै कोष स्थापना गरिएको हो ।

जमरकट्टेल सेवा प्रतिष्ठान, नेपाल नेचासल्यान ३, सोलुखुम्बुमा टंकनाथ (टोपलदास) जमरकट्टेलको प्रथम स्मृति सभाको कार्यक्रममा कोषको स्थापना गरिएको बताइएको छ । कोषको अध्यक्षमा स्व. (टंकनाथ (टोपलदास) जमरकट्टेल की धर्मपत्नी निरकुमारी जमरकट्टेल अध्यक्ष रहने कोषमा पाँच सदस्य रहने ब्यबस्था गरिएको छ ।

कोषमा अहिले दुई लाख दुई हजार दुई सय दुई रूपैयाँ राखिएको छ । रकम प्रतिष्ठानका कोषाध्यक्ष र अक्षयकोष दाता परिवारका प्रतिनिधिको संयुक्त दस्तखतमा बैक खाता सञ्चालन गरिनेछ । कोषमा अक्षयकोष दाता परिवारका अन्य सदस्य ,आफन्त , शुभचिन्तकले चाहेमा थप रकम जम्मा गर्न सकिने ब्यबस्था पनि गरिएको छ ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं