स्वास्थ्यलाई प्राथमिकता दिँदै भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा राजीनामा
काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखरले राजीनामा दिएका छन् ।
धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै तत्कालदेखि लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिएको घोषणा गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
राजीनामा दिएका धनखरको १४औं उपराष्ट्रपतिको रूपमा पाँच वर्षे कार्यकाल अगस्ट १०, २०२७ मा समाप्त हुँदै थियो ।
पेशाले वकिल धनखर उपराष्ट्रपति निर्वाचित हुनुअघि पश्चिम बंगालका राज्यपाल थिए ।
धनखरको राजीनामा पछि उपराष्ट्रपतिको पदको रिक्तता भर्ने उद्देश्यले नयाँ चुनाव गरिनेछ । यस सम्बन्धी उपराष्ट्रपतिको सचिवालयले पनि जानकारी दिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्