Techie IT
  • २० असार २०८२, शुक्रबार
KhojPatrika

सुर्खेतबाट हिँडेर काठमाडौं आएका नवराजले प्रचण्डलाई भेटे


काठमाडौं । सुर्खेतदेखि हिँड्दै एक महिना लगाएर काठमाडौं आइपुगेका नवराज भेँडा ९बोहोरा०ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

केही दिनको प्रतीक्षापछि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका बोहोराले आज पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

बोहोरा वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्ने एजेन्डा लिएर काठमाडौं आएका हुन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरू त्यसको प्रमाण भएको बताए ।

उनले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना दिएका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं