सुनकाण्डकी प्रतिवादी अमला रोकालाई अदालत लगिँदै
काठमाडौं । बहुचर्चित सुन प्रकरणकी प्रतिवादी अमला रोकालाई आज पनि अदालतमा पेश गरिँदै छ ।
फरार अवस्थामा शुक्रवार प्रहरीले टोखाबाट गिरफ्तार गरिएकी रोका आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा पेश भएकी थिइन् ।
आइतबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस भयो । नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर पुनः प्रहरी हिरासतमा पठाइएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) अन्तर्गत आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आज कार्यालय समय शुरु हुनेबित्तिकै उनलाई जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।
सम्भवतः आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेमध्ये एक आदेश आउने बोगटीले बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्