विद्युतीय शवदाह गृहमा भएको घोटालामा सुदन किराँतीले दिए बयान
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले किनेको विद्युतीय शवदाह गृहमा भएको अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।
आयोगले उक्त प्रकरणमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहित डेढ दर्जन अधिकारीमाथि छानबिन गरेको हो ।
ठेकेदार मनोज पुरीसँग सेटिङमा १२ करोड बढीमा किनिएको ४ थान फर्नेश र एउटा जेनेरेटरमा घोटाला भएको भन्दै अख्तियारले तत्कालीन मन्त्री किराँतीसहित डेढ दर्जन अधिकारीसँग बयान लिएको बताइएको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीको निर्देशनमा पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको विद्युतीय शवदाह गृहका लागि १२ करोड बढीमा ४ थान फर्नेश र एउटा जेनेरेट खरिद गरिएको गरिएको हो । उक्त प्रकरणमा किराँतीले पनि अख्तियार पुगेर बयान दिएका हुन् ।
विद्युतीय शवदाह गृहमा फर्नेश र जेनेरेटर खरिद अनियमिततामा पशुपति क्षेत्र विकास कोषका तात्कालीन अध्यक्ष किराँती, कोषका तत्कालीन सदस्य–सचिव मिलनकुमार थापा, थापा निलम्बनमा पर्दा सदस्य–सचिवको जिम्मेवारी पाएका राजुकुमार खत्री, कोषका तत्कालीन कार्यकारी घनश्याम खतिवडा, कोषका प्रशासन प्रमुख, लेखा प्रमुखसहित डेढ दर्जन अधिकारीमाथि बयान लिएको हो ।
यस्तै, कोषका कर्मचारी रेवतीरमण अधिकारी, उद्धव विष्ट, वरिष्ठ इन्जिनियर पशुपति ठाकुर, इन्जिनियरद्वय डेनिस उप्रेती र रमेश पुरीको समेत अख्तियार पुगेर बयान दिइसकेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्