ट्रम्पले भने– इरानमाथिको आक्रमण सफल
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरिएका आक्रमण सफल भएको बताएका छन् । साथै उनले इरानले शान्तिको मार्ग रोज्नुपर्ने पनि बताएका छन् ।
इरानका तीन परमाणु केन्द्रमा बंकर बस्टर बम खसालेपछि देशबासीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘म संसारलाई जानकारी दिन चाहन्छु कि यी आक्रमणहरु सैन्य हिसाबले अत्यन्तै सफल भएका छन् ।’ ट्रम्पले ह्वाइट हाउसमा उपराष्ट्रपति जे डी भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथलाई सँगै राखेर देशबासीलाई सम्बोधन गरेका थिए । उनले इरानलाई मध्यपूर्वको ‘गुण्डा’को संज्ञा समेत दिए ।
इरानका आणविक संवर्धन केन्द्रहरु पूर्णरुपमा ध्वस्त पारिएको दाबी गर्दै ट्रम्पले भनेका छन्, ‘मध्यपूर्वको गुण्डा इरानले अब शान्ति गर्नुपर्छ । यदि गरेन भने आगामी आक्रमणहरू अझ धेरै ठूला हुनेछन् ।’ अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रहरुमा आक्रमण गरेको थियो ।
आक्रमणमा जीबीयू–५७ भनिने बंकर बस्टर बम प्रयोग गरिएको थियो । ती बम बी–२ स्टेल्थ नामको लडाकु विमानले खसालेको थियो । देशबासीको नाममा सम्बोधन गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बधाई समेत दिएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रास्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट,के-के भयो कुराकानी ?
- २सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
- ३बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो
- ४यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ? : गगन थापा
- ५गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि



तपाईको कमेन्ट लेख्नुहोस्