संसदमा रास्वपाको अवरोध कायमै, पेलेर अघि बढे सभामुख
काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै आएको रास्वपाले सदनमा अवरोध जारी राखेको छ ।
शनिबा्र पनि बैठक सुरु हुन साथ रास्वपा र राप्रपा सांसदहरूले अवरोध गरेका हुन् । त्यसपछि सभामुखले रास्वपाका सुमना श्रेष्ठलाई बोल्न समय दिए ।
उनले विगतदेखि नै आफूहरूले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी छानबिन गर्न माग गरिरहेको बताए । उनले उच्चस्तरीय वा संसदीय छानबिन समिति केही नबनेको र त्यो कुरा सरकारले नसुनेको भन्दै सरकार कसका लागि भन्दै प्रश्न गरिन् ।
त्यस्तै, राप्रपाकी रोशन कार्कीले पनि भिजिट भिसामार्फत हुने सबै अवैध असुली तथा मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने अडान दोहोर्याइन् । उनले एक दिनमै ५० लाखदेखि एक करोड मान्छे बेचेर कमाउने ? पैसा आउँछ भन्दैमा देश पनि बेच्ने ? भन्दै प्रश्न गरिन् ।
त्यसपछि पनि रास्वपा र राप्रपा सांसदहरूलाई आशणग्रहण गरेर सभा सञ्चालनका लागि सहयोग नगरेपछि सभामुख कार्यसूचीमा अघि बढेका छन् । शनिबार विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्