पूर्वी नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।
तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो । बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ । बस अहिले भर्खर फेला परेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बताएका थिए ।
गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो । तर, वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ ।
डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ । दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्