इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई तोकिएको समय र स्थानमा बाहेक घर वा बंकररसेल्टरबाट बाहिर ननिस्किन आग्रह गरेको हो ।
इजरायल–इरानबीच पछिल्लो पाँच दिनदेखि युद्ध चलिरहेको छ । सो कारण अन्य मुलुकहरुले आफ्ना नागरिकलाई इजरायल र इरान छाड्न एनभाइजरी जारी गरेका छन् ।
मध्यपूर्वमा देखिएको खतराको स्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई त्यहाँको सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थान सम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तररुपमा लिन र पालना गर्न आग्रह गरेको छ ।
यस्तै नेपाली समुदाय र नेपाली दूतावाससँग नियमित सम्पर्कमा बस्न समेत मन्त्रालयको आग्रह छ । साथै परमन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रा सम्बन्धी जानकारी नियमित रुपमा हेर्न आग्रह गर्दै मन्त्रालयले संकट आइ परेमा उद्दार तथा सहायताका लागि आफ्नो विवरण अनलाइनमार्फत यथाशीघ्र टिपाउन भनेको छ ।
इजरायलमा रहेका नेपालीले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र तेल अवीवस्थित नेपाली राजदूतावासको वेबसाइटमार्फत आफ्नो विवरण टिपाउन सक्नेछन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्