इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई तोकिएको समय र स्थानमा बाहेक घर वा बंकररसेल्टरबाट बाहिर ननिस्किन आग्रह गरेको हो ।
इजरायल–इरानबीच पछिल्लो पाँच दिनदेखि युद्ध चलिरहेको छ । सो कारण अन्य मुलुकहरुले आफ्ना नागरिकलाई इजरायल र इरान छाड्न एनभाइजरी जारी गरेका छन् ।
मध्यपूर्वमा देखिएको खतराको स्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई त्यहाँको सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थान सम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तररुपमा लिन र पालना गर्न आग्रह गरेको छ ।
यस्तै नेपाली समुदाय र नेपाली दूतावाससँग नियमित सम्पर्कमा बस्न समेत मन्त्रालयको आग्रह छ । साथै परमन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रा सम्बन्धी जानकारी नियमित रुपमा हेर्न आग्रह गर्दै मन्त्रालयले संकट आइ परेमा उद्दार तथा सहायताका लागि आफ्नो विवरण अनलाइनमार्फत यथाशीघ्र टिपाउन भनेको छ ।
इजरायलमा रहेका नेपालीले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र तेल अवीवस्थित नेपाली राजदूतावासको वेबसाइटमार्फत आफ्नो विवरण टिपाउन सक्नेछन् ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्