इजरायल–इरान तनावले जी–सेभेन बैठक प्रभावित
काठमाडौं । इजरायल–इरानको युद्धको असर जी–सेभेन बैठकमा पनि परेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा आयोजित बैठक छाडेर अमेरिका फर्किएका छन् ।
ह्वाइटहाउसले मिडिल इस्टमा तनाव जारी रहेकाले ट्रम्प फर्किएको जनाएको छ । तर, ह्वाइटहाउसले इजरायल र इरानको नाम भने लिएको छैन ।
यसैबीच ट्रम्पले सोशल मिडिया एक्समा लेखेका छन्, ‘इरानले परमाणु सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । इरान न्युक्लियर हतियार राख्न सक्दैन । मैले यो पटक–पटक भनेको छु ।’
जी–सेभेन बैठकको पहिलो दिन सबै सात सदस्य राष्ट्रले इजरायल–इरान युद्धविराममा साझा धारणा बनाउने प्रस्ताव लैजाने कोसिस भएको थियो । तर ट्रम्पले जी–सेभेनको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न नमानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन
- २१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
- ३अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा
- ४एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- ५मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्