काठमाडौं महानगरभित्र भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न लगाइयो रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाका लागि सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको हो ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचना अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको छ ।
वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी र पैदलयात्रीलाई आउ–जाउ गर्न गाह्रो हुने भएकाले हरेक वर्ष त्यस्ता काम गर्न रोक लगाउने गरिन्छ । जारी रहेका काम भने नरोकिने महानगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, जनप्रतिनिधि, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्