अमरेशलाई आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो

काठमाडौं । जिल्ला अदालत काठमाडौंले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई गाली बेइज्जती गरेको मुद्दामा अडियो–भिडियो मगाउन आदेश दिएको छ ।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई गाली बेइज्जती गरेको भनि आरजुले गएको फागुन १५ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा फैसला सुनाउनुअघि अदालतले अडियो–भिडियो माग गरेको हो ।
यसअघि अदालतले डा. सिंहलाई उक्त आरोपबारे अडियो–भिडियो सुनेर स्पष्टिकरण पेश गर्न भनेको थियो ।
सिंहले स्पष्टिकरण पेश गरेपछि सोमबार जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले गाली बेइज्जती आरोपको अडियो–भिडियोमाथि जाँच गरी निर्णय सुनाउन आदेश दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्