Techie IT
  • १ असार २०८२, आईतबार
KhojPatrika

डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने


काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख हुने प्रणाली कायम गर्न प्रस्ताव गरेको छ ।

वैकल्पिक राजनीतिको अर्जुन दृष्टि, राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धिबारे प्रस्तुत कार्यपत्रमा केन्द्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख हुने प्रणाली कायम गर्ने प्रस्ताव राखेका हुन् ।

कार्यपत्रमा भनिएको छ, ‘राजनीतिक पुनर्संरचना सहित लोकतन्त्रको समृद्धीकरण हामीले अभ्यास गरिरहेको लोकतन्त्र सीमित र औपचारिक प्रकारको लोकतन्त्र हो ।

कानुनतः नागरिक सार्वभौसत्तासम्पन्न भनिए पनि यस्तो लोकतन्त्रमा धन बल, सङ्गठन, सत्ता र शक्ति भएकाहरू समाज र राज्य यन्त्रमा हाबी हुन्छन् । सर्वसाधारणको भूमिका ५ वर्षमा एउटा भोट हाल्ने अधिकारमा सीमित हुन्छ ।’

नागरिकलाई वास्तविक रूपमा सार्वभौमसत्ता सम्पन्न नबनाईकन लोकतन्त्र सबल, सक्षम र कामयाबी नहुने हुँदा लोकतन्त्रको अझ बढी लोकतान्त्रीकरण गरिनुपर्ने भन्दै वैकल्पिक राजनीतिक शक्तिहरूले निम्न प्रकारका व्यवस्थासहितको संविधान संशोधन तथा कानुनी सुधार गरिनु पर्ने विषयमा एकताबद्ध भएर दबाब सिर्जना गर्नुपर्ने उल्लेख छ ।

केन्द्र र प्रदेश दुवै तहमा वह सदस्यीय समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने, केन्द्र र प्रदेश दुवै तहमा कार्यपालिका र व्यवस्थापिकाबीच शक्ति पृथकीकरण गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीहरूले आफ्नो मन्त्रीमण्डल स्वतन्त्रतापूर्वक विज्ञ तथा राष्ट्रिय र प्रादेशिक जीवनका महत्त्वपूर्ण व्यक्तित्वहरूबाट बनाउन सक्ने र सांसद मन्त्री हुन नपाउने तथा विधायिका भूमिकामा सीमित हुनुपर्ने प्रणाली स्थापित गर्ने प्रस्ताव अघि सारेको छ ।

बहुजातीय, बहुभाषिक मुलुक नेपालमा सङ्घीय संरचनाको क्षेत्रमा रहेका कमजोरीहरू सच्याई सामर्थ्य, पहिचान र अधिकार सहितको सङ्घीय पुनर्संरचना गर्नुपर्ने प्रस्ताव छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं