आणविक सहमतिका लागि इरानलाई ट्रम्पको दबाब
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफूले राखेको आणविक निःशस्त्रीकरणको प्रस्तावलाई स्वीकार गर्न दबाब दिएका छन् ।
उनले आफूले इजरायललाई साथ दिने बताएका हुन । उनले इरानी नेतालाई वार्ताका लागि ६१ दिनको समय दिएको भए पनि ६१ दिन पुग्दा पनि बेवास्ता गरेको बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार धेरै पटक इजरायलका प्रधानमन्त्री बेन्जानिम नेतान्याहुसँग वार्ता गरेको सिएनएनले जनाएको छ ।
राष्ट्रपति ट्रम्पको दबाबसँगै मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले इरानी नेतालाई भेट्नका लागि गरेको प्रयास जारी नै राखे ।
उनले इरानी नेतालाई वार्ताका लागि अन्तिम मौका दिएको बताउँदै यसलाई अटेर गरे दुखद अवस्था आउन सक्ने चेतावनी दिए ।
छैटौँ चरणको आणविक वार्ता आइतबार ओमनका गर्नका लागि तय गरिएको छ। राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा ठुलो विवाद हुन सक्ने चेतावनी दिएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्