अस्ट्रेलियामा आम निर्वाचनः एक करोड ८० लाख मतदाता
काठमाडौ. । अस्ट्रेलियामा अहिले आम निर्वाचन भइरहेको छ। एक करोड ८० लाख मतदाताले शनिबार नै सम्पन्न हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेछन् ।
वामपन्थी झुकाव भएका लेबर पार्टीका एन्थोनी अल्बानेज अर्को कार्यकालका लागि उम्मेदवार भइरहेका छन् । कन्जरभेटिभ लिबरल नेसनल डेभलपमेन्टका पिटर डुटोन अर्का उम्मेदवार हुन् ।
जीवन यापनको मूल्य यस निर्वाचनको मुख्य विषय हो । मतदाता स्वास्थ्यका बारे पनि चासो लिइरहेका छन् । निर्वाचनको परिणाम त्यसै दिन बाट आउन सुरु भए पनि सकिन सातासम्म लाग्ने अनुमान गरिएको छ ।
दलीय उम्मेदवारलाई चुनौती दिँदै उम्मेदवार भएकी केट चेनी पनि अहिले चर्चामा छिन् । यसअघि सन् २०२२ को निर्वाचनमा पनि संसदमा १० जना स्वतन्त्रले सफलता पाएका थिए ।
१५० स्थानका लागि हुने मतदानबाट सरकार बनाउनका लागि ७६ स्थानमा जित हात पार्नु आवश्यक छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्