भारत गोवाको लइराई देवी मन्दिरमा भागदौड, ६ को मृत्यु, ८० जना घाइते
काठमाडौं । भारतको गोवा शिरगाउँस्थित लइराई देवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ८० जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार राति लइराई जात्राका क्रममा भागदौड मच्चिएको हो । घाइतेहरूलाई गोवा मेडिकल कलेज र मापुसाको उत्तरी गोवा जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
मन्दिर महोत्सवमा भाग लिन गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजन मन्दिर पुगेका थिए । अधिकारीहरूले भागदौडको कारण अनुसन्धानपछि मात्र थाहा हुने पनि बताएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्