भारत गोवाको लइराई देवी मन्दिरमा भागदौड, ६ को मृत्यु, ८० जना घाइते
काठमाडौं । भारतको गोवा शिरगाउँस्थित लइराई देवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ८० जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार राति लइराई जात्राका क्रममा भागदौड मच्चिएको हो । घाइतेहरूलाई गोवा मेडिकल कलेज र मापुसाको उत्तरी गोवा जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
मन्दिर महोत्सवमा भाग लिन गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजन मन्दिर पुगेका थिए । अधिकारीहरूले भागदौडको कारण अनुसन्धानपछि मात्र थाहा हुने पनि बताएका छन् ।
क्याटेगोरी : विदेश, समाचार



तपाईको कमेन्ट लेख्नुहोस्