सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा, काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम सफा

काठमाडो. । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा आज हल्का वर्षा भइरहेको छ । डडेलधुरा, डोटीलगायतका केही जिल्लामा बिहानदेखि हल्का वर्षा भइरहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि सुदूरपश्चिमका केही ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रको मौसम आंशिकदेखि साधारणतया बदली तथा लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।
काठमाण्डौ उपत्यकासहित तराई मधेश र बागमती प्रदेशमा भने मौसम मुख्यतया सफा रहेको छ । यसैबीच मौसम सुधार भएसँगै तापक्रम बढ्न थालेको छ । आज दिउँसो काठमाण्डौ उपत्यकाको तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्