बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्योः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल मृत्युदर घटेकाले मानिसको नेपालीको आयु बढेको बताएका छन् ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको मंगलबार शुभारम्भ समारोहमा प्रधानमन्त्री ओलीले बाल मृत्युदर घटेको दाबी गरेका हुन ।
‘अहिले हाम्रो सरदर आयु ७२ वर्ष किन पुगेको छ रु हामीले बालमृत्यु दर घटाइदियौँ । १० वर्षमा एउटा बालक वित्यो भने १० जना मान्छे सय वर्ष बाचेको छ भने तिनको आयु ९० वर्ष हुन्छ’, प्रधानमन्त्रीले भने,‘मातृ शिशु कल्याणको क्षेत्रमा हामीले थुप्रै काम गरेका छौ ।’
लङगीभिटी बढाउँदै जाने, व्रेन ह्यामरेज, हर्टअट्याक समेत कम गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उनले मुटुलाई स्वस्थ राख्नुपर्नेमा जोड दिँदै जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारले काम गरिरहेको र यो सबैको इस्यु भएको समेत बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपालीको आयु, #मानिसको नेपाली
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्