प्रशासनिक स्वरूपले लियो आकार,सहयोगी छान्न व्यस्त ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै डोनाल्ड ट्रम्पको प्रशासनिक टिमले आकार लिन थालेको छ । पूर्व इमिग्रेसन तथा कस्टम (आइसिई) निर्देशक टम होम्यनालाई सीमाको जिम्मा दिइने भएको छ ।
पूर्व विधायक जी जेल्डिनलाई युएस इन्भारमेन्ट प्रोजेक्ट एजेन्सीको जिम्मेवारी दिएका छन् । जेल्डिनले पनि यसलाई स्वीकार गरी सकेका छन् । अमेरिकाका लागि उत्कृष्ट चार वर्षको समयमा निर्माण गर्न ह्वाइट हाउसमा राष्ट्रपतिलाई साथ दिन आफू तयार भएको उनले बताए ।
जेल्डिनले सफा पानी र हावाका लागि ट्रम्प सधैँ सचेत रहने व्यक्ति भएको बताएका छन् । एलाइस स्टेफानिकलाई राष्ट्र सङ्घका लागि अमेरिकी दूतमा चयन गरेका छन् । उनका शीर्ष आप्रवासी सल्लाहकार स्टेफन मिलरलाई ह्वाइट हाउसको कार्यकारी चिफ अफ स्टाफ चयन गर्ने सम्भावना छ ।
यसैगरी ट्रम्पले फ्लोरिडाका रिपब्लिक विधायक माइम वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि प्रस्ताव गरेका छन् । यी धेरै पदमा नियुक्त गर्दैगर्दा ट्रम्पका लागि महान्यायाधिवक्ता चयन चिन्ता र चुनौतीका विषय बनेको छ ।
क्याटेगोरी : विदेश, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्