पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासत राख्न अदालतको अनुमति

काठमाडौं । कोशी प्रदेशका तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
पैसा असुलेर युवाहरूलाई जापान पुर्याउने प्रयास गरेर मानव तस्करी गरेको आरोप लागेका उनलाई काठमाडौं जिल्ला अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
पूर्वमन्त्री अधिकारीलाई आइतबार पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइएको थियो । ल्याएर अदालत पेस गरिएका उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको हो ।
जापान काण्डमा मुछिएपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिएका थिए । एमालेले पनि उनलाई निलम्बन गरिसकेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पूर्वमन्त्री अधिकारी
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्