ओली, देउवा र दाहालले देश विगारेः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन् । केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका ठूला दलका नेताहरुले देशलाई बिगारेको उनको जिकिर थियो ।
झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले ठूलो दलहरु सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको पनि बताएका हुन् ।
उनले राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्ष भित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने बताए । अध्यक्ष लिङदेनले राजनीतिमा भ्रष्ट र बेइमानहरुको विगविगी रहेको पनि बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमाले र माओवादी, #कांग्रेस, #राष्ट्रिय प्रजातन्त्र पार्टी
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्