अपराजित रहँदै कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्वीजले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको हो ।
पहिलो सेट १७–२५ र दोस्रो सेट २०–२५ ले गुमाएको ललितपुरले पुनरागमन गर्दै तेस्रो र चौथो सेटमा जित निकालेको थियो । उसले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।
निकै प्रतिस्पर्धात्मक पाँचौं सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले उपाधि रक्षा गर्यो ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्