एक लाख धरौटीमा छुटे दुर्गा प्रसाईं, समर्थकले गरे स्वागत
काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले प्रसाईंलाई मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या हुनेगरी सार्वजनिक अभिव्यक्ति दिएपछि साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो ।
अदालतको आदेशसँगै प्रसाईं मंगलबार नै धरौटी बुझाएर रिहा भएका छन् । प्रसाईंको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सुनुवाइ भइरहँदा बाहिर सयौँ समर्थक कुरेर बसेका थिए । अदालतमा धरौटी बुझाएर रिहा भएपछि उनले समर्थकलाई माइतीघर मण्डलमा सम्बोधन गरेका थिए । प्रसाईंलाई समर्थकले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए ।
प्रसाईंविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको थियो ।
प्रसाईविरुद्ध सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो । यी मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो । तर ती दुवै मुद्दामा सुनुवाइ गर्दै अदालतले उनलाई धरौटीमा छाडेको हो । प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #धरौटीमा छाड्न, #मेडिकल ब्यवसायी दुर्गा प्रसाईं
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्