कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
कुल ४० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत लिन २१ जनाको समर्थन आवश्यक पर्दछ । कँडेल नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा हाल नेपाली कांग्रेसका १४ र नेकपा एमालेका १० सांसद छन् ।
दुई दलका प्रदेश सभा सदस्यको मत उनलाई विश्वासको मत पाउन पुग्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको प्रदेश सभामा १३ जना सदस्य छन् भने एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक-एक प्रदेश सभा सदस्य छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मुख्यमन्त्रीले विश्वास, #यामलाल कँडेल
ताजा खबर
- १जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- २एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ३सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ४एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
- ५अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी



तपाईको कमेन्ट लेख्नुहोस्